रवि लक्षित प्रदीपको टिप्पणी- समिति बनेपछि पनि पदमा बसिरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ हो

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपालमा गम्भीर विषय बनेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर रहने भन्दै नैतिकताको बोध नगरिने राजनीति कांग्रेसले अन्त्य गरेर छोड्ने दाबी गरे । उनले सहकारीमा रकम अपचलन विषयमा छानबिन समिति बनिसकेपछि पनि उपप्रधान एवं गृहमन्त्रीकै पदमा रहिरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ रहेको टिप्पणी गरे ।

छानबिन समिति बनाउँदा पनि राजीनामा दिनुपर्दैन भनेपछि मात्रै संसदीय छानबिन समिति बनेको पौडेलको दाबी छ ।

नेपाली कांग्रेसले सदनमा सहकारीको मुद्दा नउठाएको भए ७३ लाख जनता जोडिएको विषयलाई निर्णायक मोडमा पु¥याउन नसकिने स्थिति रहेको बताए ।

उनले भने, ‘नेपाली काँग्रेस पार्टीले संसदमा सहकारीको मुद्दा त्यस ढंगबाट अगाडि ल्याउँदैन थियो भने यहाँ सहकारी पीडितहरुले न्याय पाउने अवस्था हुँदैन थियो । ७३ लाख जनता जोडिएको यो मुद्दालाई नेपाली काँग्रेसले एउटा निर्णायक मोडमा पु¥याएको छ । संसदमा नेपाली काँग्रेस पार्टीले यसलाई सशक्त ढंगबाट संसदमा भएका साना पार्टीहरु छोडेर कुनैपनि राष्ट्रिय पार्टीले यो सहकारीको मुद्दालाई उठाएको थिएन । नेपाली काँग्रेस पार्टीले यो मुद्दा उठाइसकेपछि बाध्य भएर कतिपय पार्टीहरु जोडिएको अवस्था हो । सत्तालाई सम्पूर्ण रुपमा दुरुपयोग गरेर यो मुद्दा उठ्न नदिन, गुपचुप गर्न, ढाकछोप गर्न, प्रमाण लुकाउन सम्पूर्ण रुपमा अहिलेको सत्तारुढ गठबन्धन लागेको थियो । त्यसैले समिति गठन गरेर जसमाथि छानबिन गर्न खोजेको हो । हामीले संसदीय समिति गठन गरेर जसमाथि छानबिन गर्न खोजिएको हो, त्यो व्यक्तिलाई तपाईंले राजीनामा दिनुपर्दैन भनर फकाएर, तपाईं जुन कुर्सीमा बसिरहनुभएको छ, तपाईंमाथि छानबिन हुँदाहुँदै पनि तपाईं त्यस कुर्सीमा बसिरहन पाउनुहुन्छ । राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा हो । कोही व्यक्ति नांगै छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा हाम्रो केही लाग्दैन । त्यसैले संसदले छानबिन समिति गठन ग¥यो । त्यसपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीर विषय हो । प्रतिगामी विषय हो । जसलाई छानबिन भइरहेको छ, त्यो व्यक्तिले नै सत्ता चलाउने त्यो खालको परिस्थितिलाई नेपाली काँग्रेसले अन्त्य गरेर छोड्छ ।’

नेता पौडेलले जनप्रतिनिधिको आवरणमा जनतालाई ठग्ने काम भइरहेको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर