मोदीको सपथ ग्रहणमा ७ देशका प्रमुखलाई निम्ता, कुन देशबाट को-को सहभागी हुँदैछन् ?
२६ जेठ २०८१ ११:०६
तेस्रोपटक भारतको प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा ७ देशका प्रमुख सहभागी हुने भएका छन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित छिमेकी ७ देशका प्रमुखहरू सहभागी हुने भएका हुन् ।
मोदीको आइतवार (जुन ९) हुने सपथ समारोहमा नेपालका प्रधानमन्त्री दाहाल सहित बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, मौरिससका प्रधानमन्त्री प्रविन्द कुमार जगन्नाथ, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्गेज, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, सेशेल्सका उप–राष्ट्रपति अहमद अफिफ सहभागी हुँदैछन् ।
सपथ ग्रहण समारोहमा छिमेकी देश र हिन्द महासागर क्षेत्रका प्रमुखहरुलाई विशिष्ट अतिथिको रूपमा निमन्त्रणा गरिएको जनाइएको छ ।
भारतले आफ्नो ’छिमेकी पहिलो’ नीति र ’सागर’ भिजनलाई उच्च प्राथमिकता दिएको जनाइएको छ ।
प्रतिक्रिया