महानिरीक्षक अर्यालबाट ४४औं राष्ट्रिय एथलेटिक्सका विजेता खेलाडी सम्मानित

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता’मा नेपाल एपीएफ क्लबका पदक विजेता खेलाडीलाई असार १३ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच सम्मान गरेका छन् ।

उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले विजयी खेलाडीलाई बधाई दिँदै खेलकुद क्षेत्रको बिकासमा टेवा पुग्ने गरी संगठनमा आवद्ध खेलाडीहरुको मनोबल उच्च बनाई राख्न आवश्यक सेवा सुविधासमेत थप गर्दै लैजाने संगठनको योजना रहेको बताए ।

उनले प्रतियोगितामा सहभागी खेलाडी, व्यवस्थापक तथा प्रशिक्षकलाई धन्यवाद दिँँदै नेपाल एपीएफ क्लबका खेलाडीले संगठनमा उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै आगामी दिनमा समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

नेपाल एथलेटिक्स संघको आयोजनामा काठमाडौंको दशरथ रंगशालामा यही असार १० गतेदेखि १२ गतेसम्म संचालन भएको उक्त प्रतियोगितामा नेपाल एपीएफ क्लबका खेलाडीहरुले ९ स्वर्ण, ६ रजत र ८ कास्य गरी कुल २३ पदक जित्न सफल भएका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, नेपाल एपीएफ क्लवका खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *