मधेसका मुख्यमन्त्रीले जेठ २८ मा विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २८ मा मात्र विश्वासको मत लिने भएका छन् ।

बुधबार विश्वासको मत लिने तयारी गरे पनि स्वास्थ्य अवस्था ठीक नभएको भन्दै उनले विश्वासको मत लिने दिन सार्न प्रदेशसभामा जानकारी गराएका थिए । यादव जसपा नेपालबाट मुख्यमन्त्री बनेका हुन् ।

मधेस सरकारबाट हालै एकीकृत समाजवादी बाहिरिएको छ । केन्द्रको सत्ता गठबन्धनले मधेसमा जनमत पार्टीका नेतृत्वमा सरकार बनाउने कसरत गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर