पोखरामा प्रधानमन्त्रीलाई सहकारी पीडितको कालोझण्डा

पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कालो झण्डा र ब्यानर देखाएका छन् । प्रधानमन्त्री दाहाल आज पोखरा सभागृह प्रवेश गर्ने क्रममा सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् ।

प्रधानमन्त्री दाहाल गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलगायतमा सहभागी हुन मंगलबार पोखरा आएका थिए । उनलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालोझण्डा देखाएका हुन् ।

प्रहरीले कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई नियन्त्रणमा लिएको छ । दुई घाइते भएको र उनीेहरुलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ७८ वर्षीय भीमप्रसाद चपाईँ र ३० वर्षीया अनुराधा श्रेष्ठ छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर