
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ ।
आज शोक प्रस्ताव प्रस्तुत गर्ने विषय पनि कार्यसूचीमा उल्लेख छ । संविधानसभा सदस्य तथा पूर्व मन्त्री सूर्यमान गुरुङ, २०४८ सालको प्रतिनिधिसभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रियसभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

- गलत सूचनाका कारण उत्तरप्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दूतावास जानुभएको भने, त्यसको खण्डन गर्छु: देउवा
- काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैन : स्वास्थ्यमन्त्री पौडेल
- सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : मोहन आचार्य
- यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटना
प्रतिक्रिया