नयाँदिल्लीमा कांग्रेस नेता सिंहको अपरेसन
२१ जेठ २०८१ १६:२३
कांग्रेस नेता तथा प्रतिनिधि सभा सांसद प्रकाशमान सिंहको भारतको राजधानी नयाँ दिल्लीमा प्रोस्टेटको अपरेसन गरिएको छ । त्यहाँको फोर्टिस अस्पतालमा सिंहको अपरेसन गरिएको हो ।
सिंह थप उपचारका लागि शुक्रबार दिल्ली गएका थिए । उपचारका क्रममा प्रोस्टेट पुष्टि भएपछि अप्रेसनका लागि वीर अस्पताल तथा अन्य अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरको सल्लाहबमोजिम उपचारका लागि सिंह दिल्ली गएको उनको सचिवालयले जनाएको थियो ।
प्रतिक्रिया