‘प्रसाद २’ को विवादमा फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

फिल्म निर्देशक सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज दिउँसो बालुवाटारको रोयल अम्पायर होटल परिसरबाट पक्राउ गरी प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

त्यहाँ उनी फिल्मको ‘रावायण’को दोस्रो चरणको छायांकनको क्रममा थिए । फिल्म ‘प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी प्रसाद २ फिल्मका निर्देशक थिए ।

फिल्म प्रसाद २ गत वर्ष वैशाखमा रिलिज भएको थियो । फिल्म रिलिज हुनुअघि निर्माताबीच पैसा लेनदेनको विवाद अदालतसम्म पुगेको थियो । फिल्मका निर्माता सुवास थापा हुन् । उनीसँग सुरुवातमा जोडिएका अर्का निर्माता केशव पाण्डेले आफ्नो ६० लाख रकम थापाले नदिएको आरोप लगाएका थिए ।

यो विवाद मिलाएका निर्माता थापाले पाण्डेको स्थानमा अर्का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठलाई भित्र्याएका थिए । तर, उनीहरु दुवैले आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै गत वर्षको साउन १० मा जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

उनीहरुले निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठ उजुरी दिएका थिए । त्यही उजुरीका आधारमा अहिले प्रहरीले निर्देशक थापालाई पक्राउ गरेको हो । निर्देशकको कामबापत थापाले २० प्रतिशतको सेयर हिस्सा लिएका थिए । यस्तै फिल्म बेचिएको ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाललाई पनि जाहेरीमा विपक्षी बनाइएको थियो ।

अग्रवाललाई गत असोजमा प्रहरीले पक्राउ गरी पछि हाजिरी जमानीमा छाडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर