
सुनको मूल्य घट्यो, आज तोलामा कति ?


स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु. एक लाख ४२ हजारमा कारोबार भएकामा आजका सोही परिमाणको सुनको मोल रु. एक लाख ४१ हजार निर्धारण भएको छ ।
यसैगरी, तेजाबी सुन आइतबार प्रतितोला रु. एक लाख ४१ हजार तीन सयमा कारोबार भएकामा आज त्यति नै परिमाणको सुनको मूल्य रु. एक लाख ४० हजार तीन सय निर्धारण भएको छ ।
महासङ्घले चाँदीको मूल्य तोलामा रु. १५ ले घटेको बताएको छ । आइतबार प्रतितोला रु. एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आज रु. एक हजार आठ सय ३५ मा खरिदबिक्री हुँदैछ ।
- सरकारले शिक्षकहरुसँग वार्ताको नाटक होइन सार्थक वार्ता गरोस् : एकीकृत समाजवादी
- आफ्नो राजनीतिक रोटी सेक्नको लागि शिक्षकहरुलाई उत्तेजित पार्ने काम गरियो : एमाले सांसद गिरी
- सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
- सरकारलाई माओवादीको प्रश्न– प्रतिपक्षीको मुखमा बिर्को लाग्नेगरी काम गर्न केले रोक्यो ?
प्रतिक्रिया