काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा वैद्य निर्वाचित
काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप वैद्य निर्वाचित भएका छन् । आइतबार भएको मतगणनाअनुसार वैद्यले ४८७ मत ल्याए । उनका प्रतिस्पर्धी राजन मानन्धरले ४५७ तथा वसन्त नारायण भोछिभोयाले ११७ मत पाए ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा रवीन्द्र वैदार, उपाध्यक्षमा उमेशरत्न शाक्य र सुरेशभक्त भोछिभोया विजयी भएका छन् । महासचिवमा रजित पलाञ्चोके, कोषाध्यक्षमा मानकाजी प्रधान, मुख्य संयोजकमा विज्ञान धौगोडा विजयी भएका छन् ।
सचिवमा कृष्णलाल श्रेष्ठ, सहसचिवमा रामकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा श्यामकुमार भालु (मुनाल) तथा सहमुख्य संयोजकमा रवि तौज निर्वाचित भएका छन् ।
सदस्यहरूमा हरिशचन्द्र अधिकारी, निर्दोष पलाञ्चोके, रहदेव पोटे, रोशन खुप्पा श्रेष्ठ, सुमन प्रधान, गौतम मानन्धर, सुजन मानन्धर, नरेशराज कायस्थ, रजेन्द्र पसछें तथा राजनबहादुर ढकाल निर्वाचित भएका छन् । बनेपा संयोजक लक्ष्मी श्रेष्ठ र भगवती श्रेष्ठ, महिला सदस्य पूर्णिमा प्रधानाङ्ग र कमला अवाल, वस्तुगत सदस्य प्रेमबहादुर तामाङ र एसोसियट सदस्य दुर्गालक्ष्मी रञ्जितकार निर्विरोध चयन भएका छन् ।
प्रतिक्रिया