अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप तीन दिन बन्द
बर्दियामा अत्यधिक गर्मीका कारण मधुवन नगरपालिकाका सबै विद्यालय थप तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यसअघि जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिएको थियो ।
नगर शिक्षा समितिको आजको बैठकले जेठ २२ गतेबाट सञ्चालनमा आउने गरी थप तीन दिन विद्यालय बन्द गर्ने निर्णय गएको सो शाखाका प्रमुख नारायण खनालले बताए ।
अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको सङ्ख्या बढेका छन् । बिरामीको चापले अस्पतालमा शय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुवास पाण्डेले बताए । उनका अनुसार गर्मी र तातो हावाका कारण बिरामी हुनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेका छन् ।
गर्मीका कारण ‘लू’ लागेका, झाडापखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको डा. पाण्डेले बताए । बालबालिकामा शरीरभर रातो बिबिरा आउने, बिबिरा पाकेर घाउ बन्ने र सङ्क्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उनले बताए ।
प्रतिक्रिया