गैरकानुनी ढङ्गले प्राकृतिक स्रोतको दोहन
पर्वतको जलजला गाउँपालिका र कुश्मा नगरपालिकाको सिमानामा पर्ने दमुवा खोलामा गैरकानुनी ढङ्गले प्राकृतिक स्रोतको दोहन गरिएको छ । उक्त खोलाबाट निर्माणजन्य सामग्री चोरी निकासी गरिँदै आएको छ ।
खोलामै सडक बनाएर निर्माण सामग्री चोरी निकासी हुँदै आएको छ । प्राकृतिक स्रोत दोहनले जलजला गाउँपालिका-८ स्थित जनहित सामुदायिक वन क्षेत्रमा पहिरोको समस्या देखिएको छ । दमुवा खोलाबाट दैनिकरुपमा निर्माण सामग्री उत्खनन् गर्ने क्रम बढ्दै गएपछि त्यस वरपरको बस्ती नै खतरामा परेको छ ।
उनले भने, ‘जथाभाबी ढुङ्गा र गिट्टी निकासी गर्ने गरेको पाइएको छ, सवारीसाधन प्रवेशमा रोक लगाएका छौँ ।’
अनुगमन टोलीले स्थानीय वन क्षेत्र र वन क्षेत्रभन्दा माथि बसोबास गर्ने बस्तीको जोखिमलाई ध्यानमा राख्दै सो खोलाबाट ढुङ्गा र गिट्टी निकाल्न रोक लगाएको हो । खोलामा सडक नै निर्माण गरेर ढुङ्गा र गिट्टी निकाल्ने गरेको पाइएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए ।
प्रतिक्रिया