
सुनको मूल्य १७ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार सात सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला बिहीबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ ।
तेजाबी सुन बिहीबार एक लाख ३९ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा रु २५ ले ओरालो लागेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ७५ निर्धारण भएको छ ।
- शिक्षामन्त्री भट्टराईले दिइन् पदबाट राजीनामा
- शिक्षकहरुलाई प्रधानमन्त्रीको आग्रह- हामीले शिक्षा ऐन ल्यायौं भन्ने पार्नको लागि दुःख गर्नु पर्दैन, सहमति गरेर घर जानुस्
- शिक्षक आन्दोलनमा घुसपेठ भएको भन्दै एक व्यक्तिमाथि हातपात
- काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा
प्रतिक्रिया