हुरीले पोल ढाल्दा विद्युत् सेवा अवरुद्ध

हुरीले विद्युत् पोल ढाल्दा तनहुँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । बिहीबार साँझको हुरी बतासले विद्युत् पोल ढलेका हुन् ।

हुरीले भएको क्षतिको बारेमा विवरण प्राप्त भई नसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । पोल ढलेर विद्युत् सेवा अवरुद्ध हुँदा कयौँ स्थानका बासिन्दा प्रभावित भएका केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिए।  व्यास-१० बैरेनी, व्यास-७ कलेस्ती, व्यास-१२ छिर्कन र व्यास-१३ पोखरीभञ्ज्याङलगायतका स्थानमा विद्युत् सेवा अवरोध भएको उनले बताए ।

यसैगरी, व्यास-११ बेल्टारीमा चार वटा विद्युत् पोल र रुख ढालेपछि विद्युत् सेवाका साथै सडक पनि अवरुद्ध भएको छ । ‘हुरी बतासले ठूला रुखसमेत ढालेका कारण सडक अवरुद्ध भएको छ । राति १० बजेसम्म आठ–दश जनाको टोली खटिएर काम गरे पनि अवरोध हटाउन सकिएन’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *