सदनमा विचाराधीन विधेयकहरू अघि बढ्छन् : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा पनि सदनमा विचाराधीन विधेयक अघि बढाउने बताएका छन् ।

गणतन्त्र दिवस-२०८१ का अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले बजेट अधिवेशनमा बजेट पारित गर्ने मात्र नभएर विचाराधीन विधेयकलाई समेत अघि बढाउने बताएका हुन् ।

‘बजेट अधिवेशन सञ्चालन भइरहेको छ, यो अधिवेशनमा विचाराधीन विधेयक पनि अघि बढाउनुपर्नेछ, बिस्तारै सांसदहरुलाई दायित्वबोध भएको मैले महसुस गरेको छु, उनले भने, विधेयक ल्याउने र अघि बढाउने विषयमा सरकार पनि तुलनात्मकरुपमा सक्रिय छ, समितिमा रहेका विधेयकमा फटाफट काम भइरहेका छन्, आजै पनि संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक पारित भएको छ, त्यसलाई संसद्मा बजेटकै बीचमा पनि प्रवेश गराएर अघि बढाउँछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर