सरकारी जग्गा अतिक्रमण रोक्न कांग्रेस नेता पौडेलको सार्वजनिक महत्वको प्रस्ताव

सरकारी जग्गा अतिक्रमण रोक्न कांग्रेस नेता प्रदीप पौडेलले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

पौडेलले अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गाको एकीकृत व्यवस्थापन गर्न आवश्यक रहेको र विकास निर्माणको काम गर्दा सरकारका विभिन्न निकाय बीचमा अनिवार्य सहकार्य गर्नुपर्ने गरी दुई वटा प्रस्ताव दर्ता गराएका हुन् ।

प्रस्तावको समर्थकमा प्रतिनिधिसभा सदस्यहरू प्रतिमा गौतम र सपना राजभण्डारी छन् । शक्ति र पहुँचको दुरुपयोग गर्दै सार्वजनिक जग्गाको अतिक्रमण, विश्वविद्यालय, मठ मन्दिर तथा अन्य विभिन्न क्षेत्रका बहुमूल्य जग्गा पहुँच र आग्रह–पूर्वाग्रहका आधारमा मिलेमतो गरी विभिन्न व्यक्ति, संघ संस्था तथा निजी कम्पनीलाई सस्तोमा तथा निःशुल्क भाडामा वा लिजमा दिने कार्य रोक्नुपर्ने पौडेलको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर