सौर्य तुफानको जोखिममा पृथ्वीः नासा
१७ जेठ २०८१ १६:१४
सौर्य तुफानहरुले पृथ्वीमा पनि असर पार्ने गरेको छ । सूर्यमा बन्ने सनस्पटहरु लगातार विस्फोट हुँदा यस्ता सौर्य तुफानहरु निस्कने गरेका छन् ।
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले यस्तै एउटा सौर्य तुफानको जोखिममा पृथ्वी रहेको चेतावनी जारी गरेको छ । यस्ता तुफानहरुले रेडियो ब्ल्याकआउट हुने जस्ता समस्या देखिनेछन् ।
नासाका अनुसार सनस्पट एआर३६६४ मे २७ मा विस्फोट भएको थियो, यसबाट बनेको एक्स–क्लास सौर्य तुफान शक्तिशाली रहेको छ ।
यसअघि पनि पृथ्वीमा सौर्य तुफानका कारण रेडियो प्रणालीमा अवरोध पारेको थियो । एजेन्सी
प्रतिक्रिया