आगामी आर्थिक वर्षको बजेट १८ खर्ब ६० अर्ब

सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । कूल बजेटमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो कूल बजेटको ६१.३१ प्रतिशत हो ।

अर्थमन्त्री वर्षमान पुनले आज संसद्मा बजेट प्रस्तुत गर्दै कूल बजेटमध्ये पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरेको जानकारी दिए । यो कूल बजेटको १८.९४ प्रतिशत हो । यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो १९.७४ प्रतिशत हो ।

यो खर्च अनुमान चालु आवको विनियोजनको तुलनामा छ दशमलव दुई प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१ दशमलव ५६ प्रतिशतले बढी हो । कूल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु. चार खर्ब आठ अर्ब ८७ करोड विनियोजन गरिएको छ ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु. १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट रु. ५२ अर्ब ३३ करोड व्यहोरिने छ र बाँकी वैदेशिक ऋणबाट रु. दुई खर्ब १७ अर्ब ६७ करोड र आन्तरिक ऋणबाट रु. तीन खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *