आगामी आवदेखि बंगलादेशमा विद्युत निर्यात गर्ने सरकारको योजना

सरकारले आगामी आर्थिक वर्षदेखि बंगलादेशमा पनि विद्युत् निर्यात गर्ने योजना बनाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो । त्यसैगरी सरकारले आगामी आर्थिक वर्ष ९ सय मेघावाट विद्युत थप गरेर राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ६ सय मेगावाट पु¥याइने लक्ष्य पनि लिएको छ । अर्थमन्त्री पुनले विद्युत प्रसारणलाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्रलाई सहभागी गराउने गरी कानूनी प्रबन्ध गर्ने बताए ।

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष भित्र १२ सय मेगावाट क्षमताको बुढी गण्डकी, ६७० मेगावाटको दुधकोशी र ४१७ मेगावाटको नलसिंगाड जलविद्युत आयोजना तथा २ सय मेगावाटको नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गरिने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *