कांग्रेसको विरोधबीच सरकारको नीति तथा कार्यक्रम पारित
१३ जेठ २०८१ १३:४६
प्रमुख प्रतिपक्ष दल कांग्रेसको विरोधबीच प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८१/८२ को सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकले बहुमतले आर्थिक वर्ष २०८१/८२ को सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो । सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।
बजेट वक्तव्य प्रस्तुत गर्न मंगलबार संघीय दुवै सदनको संयुक्त बैठक १ बजे बोलाइएको छ ।
प्रतिक्रिया