यस्ता छन् कैलाश सिरोहियाविरुद्ध प्रहरीका ६ प्रमाण

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई प्रहरीले मंगलबार पक्राउ गर्‍यो । दोहोरो नागरिकता प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको  प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई पक्राउ गर्न ६ कारण र आधार लिएको पाइएको छ ।  अनुसन्धान अधिकृत नवराज खड्काले तयार गरेको प्रतिवेदनमा सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाण पत्र लिएको तर उनले नागरिकता लिनु पूर्व नै उक्त ३९६९८८८६ नम्बरको नागरिकता शिवजी साहु रोसीको नाउँमा जारी भएको उल्लेख गरेका छन् ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय, धनुषाको च.नं. १३२१३, मिति २०८१–०१–२० को पत्र अनुसार प्राप्त जवाफमा ०३३–३४ को बालिग रेकर्डमा विदेशी बाबु– आमाबाट नेपाल अधिराज्यमा जन्म भएका नागरिकको नागरिकताहरूको दर्ता किताबमा नाम दर्ता रहेको देखिनुका साथै घासीराम मारवाडी (सिरोहिया)को सन्तानहरू गोपाल प्रसाद सिरोहिया, गोविन्द प्रसाद सिरोहिया र पुनम कुमारी सिरोहियाको नागरिकता अङ्गीकृत नेपाली भएको र नाम प्रस्ट नभएको कैलाश प्रसाद सिरोहियाको नागरिकता जन्मसिद्ध नेपाली रहेको देखिएको उल्लेख छ ।

कैलाश प्रसाद सिरोहियाले वि.सं. २०५७–०६–२९ मा नागरिकताको प्रतिलिपी लिँदा जिल्ला प्रशासन कार्यालयको धनुषाको रेकर्ड पुस्तिका मा फोटो सहितको अभिलेखमा अधिकार प्राप्त अधिकारीको दस्तखत गरेको नपाइएको, जन्म मितिको महलमा १८ वर्ष उमेर उल्लेख गरेको पाइएको उक्त रेकर्डमा जन्म मिति उल्लेख नरहेको देखिएको पनि कार्यालयले जनाएकाे छ ।

सिरोहियाले नागरिकताको प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष र कोष्टमा जन्ममिति २०१९–०८–२९ समेत लेखेको पाइएको प्रहरीले जनाएको छ । जन्म मितिमा उल्लेखित अंकको आकृति, प्रतिलिपिमा उल्लेख भएको उमेर र अन्य अंकहरूको आकृतिसँग मेल नखाएको तथा फरक देखिएको र कोष्टमा जन्ममिति थपी कीर्ते गरेको देखिएको प्रहरीले प्रारम्भिक अनुसन्धान प्रतिवदेनमा दाबी गरेकाे छ ।

कैलाशप्रसाद सिरोहियाले प्रथमपटक प्राप्त गरेको नागरिकता प्रमाणपत्रको जारी मितिको महलमा २०३६–०५–२५, जन्म मितिको महलमा १८ वर्ष उल्लेख गरेको पाइएको तर उनले २०५७–०६–२९ माप्राप्त गरेको नागरिकताको पहिलो प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष, जन्ममिति २०१९–०८–२९ लेखेको पाइएकोले उमेर, जन्ममिति र नागरिकताको जारी मितिबिच उमेर हिसाब गर्दा १६ वर्ष ८ महिना हुन आएकाले उल्लेखित १८ वर्ष उमेर मेल नखाएको देखिएको  तथा सिरोहियाले नागरिकता लिँदा पेस गर्नुपर्ने कागजातहरूको अभिलेख फेला नपरेकोले पक्राउ गरिएको प्रहरीको दाबी छ ।

हिजो पक्राउ परेसँगै धनुषा पुर्‍याइएका उनलाई आज म्याद थपको लागि अदालतमा लगेकाे छ ।

सिराेहियाले भने सरकारले कान्तिपुर दैनिकमा प्रकाशित समाचारका कारण पक्राउ गरेकाे बताएका छन् । उनले नागरिकतामा कुनै कैफियत नभएकाे समेत दाबी गरेका छन् ।

हेर्नुहाेस, धनुषा प्रहरीकाे अनुसन्धान प्रतिवेदन: 

kkk

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर