संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
८ जेठ २०८१ ७:२८
सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दै छ ।
आज बिहान ९ बजेदेखि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक बस्न लागेको हो ।
कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन् । सदस्यहरूमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् ।
संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन । सत्तापक्ष रविकाे नाम नराखी कार्यादेश बनाउन चाहिरहेकाे छ भने प्रतिपक्षी रविकाे नाम राख्नुपर्ने अडानमा छ । साेही बीचमा मंगलबार कांग्रेसलाई पेलेर प्रधानमन्त्रीले विश्वासकाे मत लिएपछि कांग्रेस आक्राेशित बनेकाे छ ।
प्रतिक्रिया