शान्ति प्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमती जरुरी छ : देवप्रसाद गुरुङ

सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रिय सहमती आवश्यक रहेको बताएका छन् । विस्तृत शान्ति सम्झौतामा सहभागी भएका राजनीतिक दलहरुबीच कम्तिमा पनि सहमती नभई शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्ने उनको निष्कर्ष थियो ।

सोमवार बेपत्ता योद्धा समाज परिवार, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले विश्वमा शान्ति नचाहने शक्तिहरुले नेपालमा पनि शान्ति प्रक्रियालाई भडकाउने प्रयास गरिरहेको दाबी समेत गरे । मुलुकको आन्तरिक मामिलामा चलखेल गरेर उनीहरुले शान्ति प्रक्रियाको बाँकि कामलाई अघि बढाउन नदिएको महासचिव गुरुङले दाबी गरे । उनले एउटा वा दुई वटा दलले मात्रै चाहेर मुलुकको शान्ति प्रक्रियाको कामले पूर्णता नपाउने बताए

महासचिव गुरुङले भने, मुलुकको परिस्थितिको सन्दर्भमा सबै दलहरुबीच सहमती हुन जरुरी छ । कतिपय मुद्दाहरुमा सहमति हुन सकिराखेको छैन । राष्ट्रिय सहमतीको जरुरी छ । तर सहमती हुन सकिराखेको छैन । एउटा या दुईटा दलले चाहँदैमा मात्रै सहमती भईहाल्दैन । यो शान्ति प्रक्रियासँग जोडिएको हुनाले राष्ट्रिय सहमतीको जरुरी छ । कम्तिमा पनि शान्ति प्रक्रियामा सहभागी भएका दलहरुको सहमतीको जरुरी छ ।’

महासचिव गुरुङले दलहरुबीच राष्ट्र र राष्ट्रियताको सवालमा समान धारणा बनाएर अघि बढ्नुपर्ने खाँचो पनि औंल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर