प्रचण्डले मार्सल लगाएर लिए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विश्वासको मत पाएका छन् । प्रधानमन्त्री भएको १७ महिनामा उनले चौंथोपटक विश्वासको मत लिएका हुन् । यसअघि उनले गत चैतमा तेस्रो पटक विश्वासको मत लिएका थिए ।

प्रधानमन्त्री विश्वासको मत लिने क्रममा विपक्षी दलले विरोध र नाराबाजी गरेका थिए । तर उनीहरुको विरोध रोक्न संसदका मर्यादापालक (मार्सल) को प्रयोग गरेर प्रधानमन्त्रीले विश्वासको मत लिए ।

यसपटक सत्ता साझेदार उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारको साथ छोडेपछि दाहालले विश्वासको मत लिएका हुन् । मतदानमा सहभागी भएका १ सय ५८ मध्ये प्रधानमन्त्री दाहालको पक्षमा १५७ मत परेको सभामुख देवराज घिमिरेले घोषणा गरे ।
प्रमुख प्रतिपक्ष कांग्रेसले भने मतदान बहिष्कार गरेको छ, जसका कारण विपक्षमा मत परेन । तटस्थमा १ मत परेको छ ।

दाहाललाई माओवादीका साथै एमाले, रास्वपा, एकीकृत समाजवादी, जसपा नेपाल, नागरिक उन्मुक्तिले विश्वासको मत दिएका छन् । सरकारको बहुमतका लागि २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ३८ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिनिधिको अर्को बैठक जेठ ८ गते मंगलवार बिहान ११ बजे बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर