प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्वीप
७ जेठ २०८१ १२:०७
सत्तारुढ रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । दाहालले आज विश्वासको मत लिने संसदको कार्यतालिका छ ।
सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले विश्वासको मत दिन आफ्ना सांसदलाई ह्वीप जारी गर्ने निर्णय गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । विश्वासको मत लिने कुरामा प्रमुख प्रतिपक्ष र प्रतिपक्षहरुले संसद अवरुद्ध नगर्ने आफूहरुको विश्वास रहेको उनको भनाइ छ ।
प्रमुख सचेतक परियारले संसदीय अभ्यासमा संवैधानिक काम गर्दा प्रतिपक्षले अवरोध गर्नु नहुने बताए ।
प्रतिक्रिया