उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाको इजलासमा
७ जेठ २०८१ ११:२३
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ।
जसपा नेपालबाट अलग भएर नयाँ दल गठन गरेका अशोक राईसहित ७ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन मिल्दैन भनी दायर गरेको रिटमा पेशी तोकिएको हो ।
प्रतिक्रिया