प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत नदिन कांग्रेसको ह्विप

नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । यसका लागि काँग्रेसले सांसदहरुलाई ह्विप जारी गरेको हो ।

सोमबार बिहान बसेको काँग्रेस संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरुलाई ह्विप जारी गर्नुका साथै संसदको अवरोध जारी राख्ने निर्णय गरेको काँग्रेसका एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले सोमबार संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा काँग्रेसको निर्णयले बैठक प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *