कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ: महेश बर्तौला
५ जेठ २०८१ १७:०२
एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले कांग्रेसले संसद्लाई मुठभेडमा लैजान चाहेको आरोप लगाएका छन् ।
कांग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ३ मा बिहीबार संसद् अवरोध गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुव्र्यवहारको प्रयास गरेको उल्लेख गर्दै उनले कांग्रेस संसद्मा उद्दण्ड, अभद्र, अशिष्ट र अमर्यादित ढंगले प्रस्तुत भएर मुठभेडमा लैजान चाहेको जिकिर गरेका हुन् ।
शनिबार काठमाडौंमा आयोजित युवा विषयक विचार गोष्ठीमा प्रमुख सचेतक बर्तौलाले गुरुङले संसद्मा उद्दण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य, मान्यताको नै खिल्ली उडाएको बताए ।
प्रमुख सचेतक बर्तौलाले सहकारीको ठगी प्रकरण फौजदारी अभियोग भएकाले त्यसलाई संसद्ले नभई सरकारी निकायले अनुसन्धान गर्नुपर्ने तर्कसमेत गरे ।
प्रतिक्रिया