हामी त खाली तमासा हेरेर बस्ने होः नेपाल
एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीति तमासा भइरहेको बताएका छन् ।
शनिबार माओवादीको पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको बताए । राष्ट्रिय राजनीतिमा आफूहरुलाइृ बेवास्ता गरिरहेको आरोप लगाउनु भयो । राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको उनको भनाइ थियो ।
‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँभन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हामी त खाली तमासा हेरेर बस्ने मान्छे हो । हामी यी सबै घटनालाई नियालिरहेका छौँ । अवलोकन गरिरहेका छौं । नेपालको राजनीतिले कुन कोर्ष लिएर जाने हो, यो सबै कुराको सन्दर्भमा राम्रो दिशामा यो देशको राजनीति अघि बढोस् । हामी चाहन्छाँै, यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरुको कम्युनिष्टहरु बीचको एकता र समझदारी नयाँ उचाईमा पुगोस्,’ नेपालले भने ।
अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई अघि बढाएर लैजाने ऐतिहासिक जिम्मेवारी आफूहरुको रहेको बताए ।
प्रतिक्रिया