विदेशी मुद्राको विनिमय दर : कुन मुद्रा कतिमा खरिद-बिक्री ?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर शुक्रबारको तुलनामा घटेर आएको छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २२ पैसा र बिक्री दर १४४ रुपैयाँ ८७ पैसा रहेको छ । शुक्रबार युरो एकको खरिद दर १४४ रुपैयाँ ८५ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसामा कारोबार भएको थियो ।

आज बेलायती पाउण्डको खरिद दर १६८ रुपैयाँ ३० पैसा र बिक्री दर १६९ रुपैयाँ ०६ पैसामा झरेको छ । हिजो पाउण्डको खरिद दर १६८ रुपैयाँ ७२ पैसा र बिक्री दर १६९ रुपैयाँ ४८ पैसा रहेको थियो

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर