पोखराको प्राइम सहकारीका पीडितलाई उजुरी दिन प्रहरीको सूचना
१ जेठ २०८१ १७:५३
पोखरास्थित प्राइम बहुउद्देश्यीय सहकारीका पीडितलाई उजुरी दिन बचतकर्तालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले सूचना जारी गरेको छ । उक्त सहकारी पोखरा महानगरपालिका–४ गैह्रापाटनमा छ ।
प्रहरीले मंगलबार सूचना जारी गर्दै सहकारीका सञ्चालक तथा पदाधिकारीले बचतकर्ताको बचत फिर्ता नगरी हिनामिना गरेको भन्दै जेठ २० भित्र उजुरी दिन आग्रह गरेको हो । पीडितलाई सेयर प्रमाणपत्र, पासबुक, भौचर, मुद्दति प्रमाणपत्रलगायत परिचय खुल्ने प्रमाणपत्र पेस गर्न प्रहरीले भनेको छ ।
प्रतिक्रिया