जापानमा काम लगाइदिने भन्दै अनलाइनमार्फत ठगीमा संलग्न महिला पक्राउ
१ जेठ २०८१ १४:२१
अनलाइनमार्फत ठगी गरेको अभियोगमा गोरखा गण्डकी गाउँपालिका–८ घर भई काठमाडौं कुलेश्वर हाइट बस्ने २८ वर्षीया सुनिता गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुक आइडी फ्लावर सप नागयाको म्यासेन्जरबाट कुराकानी गर्दै वैदेशिक रोजगारीको लागि जापानमा चप्पल कारखाना, माछा प्याकिङ र कलम फ्याक्ट्रीमा आकर्षक तलब रहेको भनी विश्वास दिलाई भिषा प्रोसेसिङको लागि भनी ४७ लाख ६८ हजार रकम ठगी गरेको खुल्न आएपछि गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं कुलेश्वर हाइटबाट पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
प्रतिक्रिया