जीबी राईको पासपोर्ट रोक्का गर्न राहदानी विभागलाई प्रहरीको पत्राचार

प्रहरीले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी (गितेन्द्रबाबु) राईको पासपोर्ट रोक्का गर्न राहदानी विभागलाई पत्राचार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी रोक्का गर्न आइतबार विभागलाई पत्राचार गरेको प्रहरीले स्रोतले बताएको हो । विभागका प्रवक्ता रमेशकुमार चर्मकारले प्रहरीको पत्रको विभागले अध्ययन गरिरहेको जानकारी दिए ।

विभागले राईको पासपोर्टलाई यसअघि नै कालोसूचीमा राखिएको छ । यस्तै प्रहरीले राईविरुद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिससमेत जारी गरिसकेको छ ।

राई मलेसियामा रहेको प्रहरी प्रमुख आईजीपी बसन्त कुँवरले बताए पनि सुपुर्दगी सन्धी नभएकाले पक्राउ गरेर नेपाल ल्याउन कठिन भएको जानकारी दिएका थिए । यस्तै, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्रीसँग फोनमा कुराकानी गर्दै राईलाई पक्राउ गरी नेपाल ल्याउन सहयोग समेत मागेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर