लहानमा बम पड्काएर घरमा लुटपाट
१ जेठ २०८१ १०:४०
सिरहाको लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले बम पड्काएर ४ परिवारको घरमा लुटपाट गरेका छन् ।
राति खाना खाएर सुतिसकेको अवस्थामा हतियारधारी समूह घरमा प्रवेश गरी चार जनाको घरमा लुटपाट गरेका हुन् । स्थानीय राजदेव यादव, अजय कुमार यादव, राम अवतार ठाकुर र निरञ्जन यादवको घरमा लुटपाट गरिएको छ ।
लुटेराहरुको समूहले नगद र सुनचाँदीका गरगरहना गरी करिब ५ लाख बराबरको सम्पत्ति लुटेको ईलाका प्रहरी कार्यालय लहानका डीएसपी विष्णुप्रसाद सोतीले जानकारी दिए । उनका अनुसार लुटेराले पड्काएको बमको छर्रा लागेर ५ जना घाइते भएका छन् ।
घाइतेहरुको लहान प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते योगेन्द्र यादव र निरञ्जन यादवलाई थप उपचारका लागि विराटनगर लगिएको छ । अन्यको अबस्था सामान्य छ ।डीएसपी सोतीले लुटेराले घटनाको विषयमा छानविन गरिरहेको बताए । अहिले घटना गराउनेबारे केही नखुलेको उनको भनाई छ ।
प्रतिक्रिया