सुदूरपश्चिमका मुख्यमन्त्रीले जेठ ३ मा विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ ३ मा विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि तेस्रो पटक प्रदेश सभाको बैठक आह्वान गरिएको हो ।

प्रदेश सभा सचिवालयले जेठ ३ मा बिहान १०ः१५ बजेका लागि प्रदेश सभाको बैठक बोलाएको छ ।

यसअघि मुख्यमन्त्री सोडारीले विश्वासको मतका लागि वैशाख २१ र २२ गते पनि प्रदेश सभाको बैठक आह्वान गरिएको थियो । तर, एमालेले मत दिन आनाकानी गरेपछि प्रदेश सभाको बैठक स्थगित भएको थियो । एमालेले मत दिनेबारे अझै टुंगो लागेको छैन ।

एकीकृत समाजवादीसहित एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा सोडारी यही वैशाख ६ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर