टर्की पठाइदिन्छु भन्दै १२४ जनाबाट ४ करोड ठगी गर्ने पक्राउ
३१ वैशाख २०८१ १३:४०
प्रहरीले वैदेशिक रोजगारीमा टर्की पठाउने भनी ४ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी ठगी गर्नेहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि आकर्षक तलब हुने प्रलोभन देखाई १२४ जनाबाट ४ करोड ३४ लाख उठाइ फरार रहेका विनोद श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले श्रेष्ठलाई काठमाडौं ७ चाबहिलबाट पक्राउ गरी अनुसन्धन अघि बढाइएको बताए । ४२ वर्षीय श्रेष्ठ कास्की पोखरा महानगरपालिका–५ का रहेको उनले बताए ।
प्रतिक्रिया