आगामी आवदेखि किसानलाई परिचयपत्र वितरण गरिने
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अगामी आर्थिक वर्षदेखि किसानलाई परिचयपत्र वितरण गर्ने भएको छ । १६ लाखभन्दा बढी किसान सूचीकृत भइसकेका र तिनलाई वर्गीकरण गरी परिचयपत्र वितरण गरिने कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता सवनव शिवाकोटीले बताए ।
किसानलाई आकर्षित गर्न पनि परिचयपत्र वितरणको काम सुरु गरिहाल्नु पर्छ भनी एकखालको समझदारी बनेको र अगामी आवदेखि सुरु गरिने उनले बताए ।
कृषि मन्त्रालयमा हालसम्म १६ लाख ५५ हजार किसान घरपरिवार सूचीकृत भइसकेका छन् । आवको अन्तिमसम्म १८ लाख किसान घरपरिवार सूचीकृत गर्ने लक्ष्य राखिएको सो मन्त्रालयका सहसचिव प्रकाश सञ्जेलले जानकारी दिए । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ४१ लाख घरधुरी किसान छन् । त्यसलाई आधार मान्ने हो भने अगामी आवमा २३ हजार घरधुरी किसानलाई अझै सूचीकरण गर्नुपर्ने देखिन्छ । हाल दैनिक तीन हजारका दरले किसान सूचीकृत भइरहेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ
प्रतिक्रिया