ओलम्पिक छनोटमा सुखद् नतिजा ल्याउँछौं : नेपाली टेबल टेनिस टोली
नेपालले पेरिस ओलम्पिक २०२४ का लागि टेबलटेनिसको दक्षिण एशियाली छनोटमा सुखद् नतिजा ल्याउने लक्ष्य राखेको छ ।
आगामी मे १३ देखि २५ सम्म ओलम्पिकका लागि दक्षिण एशियाली छनोट नेपालमा हुँदैछ । सोही छनोटमा सुखद् नतिजा ल्याउने नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक मोहनदास बासुकलाले विश्वास व्यक्त गर्नुभएको छ । नेपालबाट संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले चुनौती प्रश्तुत गर्दैछन् । दक्षिण एशियाली छनोटबाट समान १÷१ पुरुष र महिला खेलाडीले फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा स्थान बनाउने छन् ।
प्रशिक्षक मोहनदासले आफ्नै घरेलु मैदानको फाइदा लिँदै राम्रो प्रदर्शन गर्दै क्वालिफाइङ हुने धेरै सम्भावना रहेको बताए । साथै उनले नेपालले दुई महिनादेखि तयारी गरिरहेको पनि उल्लेख गरे । पछिल्लो भेटमा हाल सहभागी टोलीविरुद्ध राम्रो प्रदर्शन रहेको उल्लेख गर्दै प्रशिक्षक मोहनदासले अनुभवी र क्षमतावान् युवा खेलाडीबाट धेरै आशा रहेको बताए ।
आगामी जुलाईदेखि फ्रान्सेली सहरमा ३३औं गृष्मकालीन ओलम्पिकका लागि दक्षिण एशियाली छनोट प्रतियोगिता हुन लागेको हो । छनोट प्रतियोगितामा भारत र भुटानबाहेक नेपाल, बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । आयोजक अखिल नेपाल टेबल टेनिस संघका अनुसार विश्व वरीयताको शिर्ष आठमा भएकाले भारत छनोटमा सहभागी नहुने भएको हो । प्रतियोगिता प्रतियोगिता नकआउट पद्धतिमा हुनेछ ।
नेपाली राष्ट्रिय टोलीका कप्तान नविता श्रेष्ठले आफ्नो करियरमा पहिलोपटक ओलम्पिक छनोट खेल्न लागेको र त्यो पनि घरेलु मैदानमा खेल्नु सुखद् रहेको बताए । साथै यो अवसरलाई आफ्नो टोलीले सदुपयोग गर्ने उनको विश्वास छ ।
छनोट प्रतियोगितामा हरेक देशबाट समान दुई पुरुष र महिलाले प्रतिष्पर्धा गर्नेछन् । नेपालबाट संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले चुनौति प्रश्तुत गर्नेछन् । नेपालमा पहिलोपटक टेबल टेनिसको ओलम्पिक छनोट आयोजना हुन लागेको हो । छनोट प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुँदैछ । भारतको सहभागिता नहुँदा नेपाल यसको फाइदा उठाउन चाहन्छ । तर, श्रीलंकासँग भने नेपालको कडा प्रतिष्पर्धा हुने आशा गरिएको छ ।
बंगलादेशका प्रशिक्षकले सहभागी सबै टोलीका स्तर उस्तै रहेकाले छनोट हुने सम्भावना खुला रहेको धारणा राखे । पाकिस्तानले पनि सबै प्रतिष्पर्धी समान स्तरको रहेकाले छनोट हुने सम्भावना रहेको दोहो¥यायो । श्रीलंकाले भने यो अवसरका दक्षिण एशियाका हरेक टोली उत्साहित रहने उल्लेख ग¥यो ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- स्व. ढुंगानाले सरकार बहुमतको र संसद विपक्षीको भन्नेकुरा स्थापित गराउनु भयो : देउवा
- स्व. ढुंगानालाई नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रुपमा चिन्नेछन् : प्रचण्ड
- स्व. ढुंगानाले संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिनुभयो : प्रधानमन्त्री
प्रतिक्रिया