बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की
बर्खास्तीमा परेको लामो समयपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्की सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।
आईतवार शताब्दी पुरुष स्व. सत्यमोहन जोशीको १०५ औं जन्मयन्तीको अवसर पारेर नइका चार वटा कृति लोकार्पण कार्यक्रममा उनी उपस्थित भएका हुन् । कार्कीलाई सर्वोच्च अदालतले अख्तियार प्रमुखका लागि योग्यता नपुग्ने भन्दै वि.सं. २०७३ साल पुसमा पदमुक्त गर्न आदेश दिएको थियो ।
न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजलासले अख्तियार प्रमुखमा नियुक्तिका लागि लोकमान सिंह कार्कीको योग्यता नपुगेको ठहर गरेको थियो । बर्खास्तीमा परेको लामो समयपछि आईतवार कार्की पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका हुन् ।
कार्यक्रममा सुनिता कार्कीको काव्यकारिता, प्रा.डा. सावित्री कक्षपतीको नरेन्द्रराज प्रसाईंको अर्जुनदृष्टिः ललिता त्रिपुरासुन्दरी, डा. अम्विका अर्यालको नारी अस्तित्व र इन्दिरा प्रसाईंका उपन्याय, अणुराज जोशीद्वारा सामु उप्रेतीको उपन्यास तिम्रो म को नेपाली भाषाबाट अंग्रेजी भाषामा अनुदित आइएम योर्स नामक कृतिहरु विमोचित भएका हुन् ।
कार्यक्रममा वानीरा फाउण्डेशनका संस्थापक शंकर गिरी, भूपालमान सिंह कार्की र नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंको उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरुले स्व. जोशीको जीवनबारे आफ्ना धारणा राखेका थिए ।
प्रतिक्रिया