कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले वैशाख ३१ मा आह्वान गरेको प्रदेशसभाको बर्षे अधिवेशनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की यही वैशाख २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई एमाले र माओवादीका गरी ५२ सांसदको समर्थन छ ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकलाई नेपाली कांग्रेसले बहिस्कार गर्ने तयारी गरेको छ । कांग्रेसले मुख्यमन्त्रीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पनि दायर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर