अनुशासन मिच्दै बजेट बाहिरबाट ५२ अर्ब ८७ करोड भुक्तानी, कसलाई कति ?
अर्थमन्त्री वर्षमान पुनले बजेट अनुशासन मिचेको पाइएको छ ।
अर्थमन्त्री पुनले बजेट अनुशासन मिच्दै बजेट बाहिरबाट ५२ अर्ब ८७ करोड ५७ लाख भुक्तानी दिएका हुन् । उनले बजेटभन्दा बाहिरबाट रकमान्तर, स्रोतान्तर, थप निकासा र अर्थ विविधबाट भुक्तानी दिएका हुन् ।
बजेट कार्यान्वयनमा अनुशासन नहुँदा सार्वजनिक वित्तीय व्यवस्थापन तथा अर्थतन्त्रमा स्वाभाविक रूपमा असर परेको छ । बजेट तथा कार्यक्रम समय प्रवाहअनुसार खर्च नभएपछि अर्थ मन्त्रालयले बजेट बाहिरबाट भुक्तानी दिएको हो । बजेट भन्दा बाहिरबाट अर्बाैँ रुपैयाँ खर्च हुन थालेपछि बजेटको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ ।
बजेट बाहिरबाट कसलाई कति भुक्तानी ?
सुनकोशी मरिन डाईभर्सनः एक अर्ब, रकमान्तर
नारायणी नदी व्यवस्थापनः ४० करोड, रकमान्तर
आफू निकट कर्मचारीलाई सहयोगः ६४ लाख ८८ हजार, वितरण
सासंद चन्द्रकान्त भण्डारीको स्वास्थ्य उपचार खर्च: ५५ लाख ८८ हजार भुक्तानी
बुटवल महानगरपालिकाको अधुरा आयोजना: ३ करोड २८ लाख भुक्तानी
रासायनिक मल खरिद: ७ अर्ब ७९ करोड, स्रोत सहमति
सुनसरी मोरङ सिँचाइ आयोजना: १९ करोड, रकमान्तर
विद्युतीय सुशासन आयोग: ३६ लाख ८७ हजार, रकमान्तर
कृषि सामाग्री केन्द्र र मल रिद तथा पुरानो भुक्तानी: ३ अर्ब ३२ करोड ९४ लाख निकासा
विद्युतीय राहदानी: ८८ करोड १५ लाख, निकासा
आन्तरिक ऋणको सावाँ ब्याज भुक्तानी: २७ अर्ब, रकमान्तर
राष्ट्रिय हरवोरियम भवन निर्माण: ४० करोड ५० लाख, स्रोत सहमति
सामाखुसी टोखा गुन्जे सडक आयोजना: विनियोजन ६ करोड, स्रोत सहमति ७ करोड ६२ लाख
सुख्खा बन्दरगाह भन्सार कार्यालय पर्सामा मुआब्जा वितरण: ५० करोड, रकमान्तर
प्रतिक्रिया