व्यक्ति विशेषलाई ताकेर छानबिन समिति बन्दैन : देवेन्द्र पौडेल
२८ वैशाख २०८१ १७:४६
नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले व्यक्ति विशेषलाई ताकेर संसदीय छानबिन समिति नबन्ने बताएका छन्।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
संसद् अवरोध गरेर कसैलाई फाइदा नहुने बताए।
उनले थपे, ‘संसद् चलाएर कानून बनाउनुपर्छ। सरकारले ल्याएको विषयमा चित्त नबुझेर कुरा उठाएर असहमति राखेर सदन चलाउनु लोकतन्त्रको सुन्दर पक्ष हो।’
उनले बजेट अधिवेशनको पहिल्यै दिन काँग्रेसले सदनमा अवरोध गरेर संसदीय अभ्यास विपरीत गतिविधि गरेको आरोप लगाए।
प्रतिक्रिया