कालीकोटका किसानलाई गोठालो भत्ता !
२६ वैशाख २०८१ १०:२०
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो ।
पशुपालन बढाउन गाउँपालिकाले किसानलाई गोठालो भत्ताको व्यवस्था गरेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पशुपालक किसानलाई मासिक रु एक हजार प्रदान गरिने जानकारी दिए ।
‘नरहरिनाथ गाउँपालिका पशुपालनको प्रचुर सम्भावना छ । यहाँ धेरै भैँसी तथा भेडाबाख्रापालक किसान छन्, उनीहरूलाई पशुपालनमा प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको हो’, उनले भने ।
प्रतिक्रिया