न्याय सम्पादन समयमै नहुनु पनि अख्तियारको दुरूपयोग : चन्द्र भण्डारी
२६ वैशाख २०८१ ९:३२
नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारीले न्याय सम्पादन समयमै नहुनु अख्तियारको दुरूपयोग भएको बताएका छन् ।
बुधवार सामाजिक सञ्जाल फेसबुकमा भण्डारीले सो बताएका हुन् । उनले क्रिकेटर सन्दिप लामिछानेको हकमा पनि सोही भएको हो कि ? भन्ने प्रश्न समेत गरेका छन् ।
फेसबुकमा उनले लेखेका छन्-
न्याय सम्पादन समयमै नहुनु पनि अख्तियारको दुरूपयोग हो । नेपालका प्रतिष्ठित क्रिकेट खेलाडी सन्दिप लामिछानेको हकमा पनि सोही भएको हो कि ?
प्रतिक्रिया