सुशासन कायम गर्न गैरकानुनी कारोबार बन्द गर्नुपर्छ : धनराज गुरुङ
१९ वैशाख २०८१ २०:१७
कांग्रेस उपसभापति धनराज गुरुङले देशमा सुशासन कायम गर्नका लागि गैरकानुनी कारोबार बन्द गर्नुपर्ने बताएका छन्।
बुधवार १३५ औँ मे दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशमा सुशासन कायम गर्न गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताए। उनले गैरकानुनी ढोका सबै बन्द गर्नुपर्ने बताए।
गैरकानुनी ढोका बन्द गरे मात्रै मुलुक ठीक ढंगले चल्ने उनको भनाइ छ। उनले विभिन्न काण्डमा मुछिएकाहरुलाई काम समातेर उठबस गरेर मात्रै देश नबन्ने बताए।
गुरुङले मजदुर र श्रमिकको पसिना बिना सिंहदरबार नचल्ने भन्दै सिंहदरबार छिर्नासाथ कोही पनि मालिक नहुने बताए।
उपसभापति गुरुङले श्रमिकको निर्यात नगरी देशमै श्रमको सिर्जना गर्न सबै एकजुट हुनुपर्ने बताए। उनले देशमा लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए।
प्रतिक्रिया