
लुम्बिनीमा माओवादीका महरा मुख्यमन्त्री नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जोखबहादुर महरा नियुक्त भएका छन् ।
शुक्रबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
महराले शुक्रबार नै ४४ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दावी पेस गरेका थिए ।
सत्तारुढ दलहरूले महराको नेतृत्वमा नयाँ सरकार गठनका लागि ४४ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका थिए ।
सरकार गठनका लागि आवश्यक बहुमत संख्या नेकपा (एमाले)का २९, माओवादी केन्द्रका १०, जसपाका तीन, नेकपा (एकीकृत समाजवादी) का एक र एक स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको थियो ।
माओवादीका महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपाका भण्डारीलाल अहिर, एकीकृत समाजवादीका दलका नेता भगवती अधिकारी र स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले बिहीबार सात बुँदे सहमति गरेका थिए ।
- त्रिशूली दुर्घटना : मोटरसाइकलसहित उद्धार गरिएका तामाङको मृत्यु, बेपत्ताको खोजी जारी
- अगामी आर्थिक वर्षको बजेट मुलुकमा विद्यमान समस्याको हल हुनेगरी ल्याउँछौं : अर्थमन्त्री पौडेल
- धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूत नियुक्त
- ‘जानकी जन्मोत्सव’लाई ‘राष्ट्रिय पर्व’ घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग
प्रतिक्रिया