वैवाहिक बलात्कार मुद्दामा गायक ओडविरुद्ध पक्राउ पुर्जी जारी

वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कञ्चनपुर प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ पुर्जी जारी गरेको जनाएको छ ।

ओडकी श्रीमतीले उनीमाथि वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाएकी छन् । उनले यही चैत २० मा किटानी जाहेरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले ओडको खोजी थालिएको बताए ।

कञ्चनपुरका कृष्णपुर नगरपालिकाका ओड नेपाल आइडल सिजन २ का विजेता पनि हुन् । हाल उनी सांगीतिक कार्यक्रमका लागि जापानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *