त्रिशूली नदीमा ट्याक्सी खस्दा बेपत्ता युवकको शव फेला
२१ चैत २०८० १४:००
गत शनिबार त्रिशूली नदीमा ट्याक्सी खस्दा बेपत्ता रहेका एक जना युवकको शव फेला परेको छ । इच्छाकामना गाउँपालिका–५ सिमलधारा नजिकै पृथ्वी राजमार्ग सडकखण्डमा उक्त दुर्घटना भएको थियो ।
बेपत्ता रहेका गोरखा नगरपालिका–७ पौवाखेतका १८ वर्षीय विवश रोकाको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पशुपतिमा आफन्तको दाहसंस्कार गरेर काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको थियो । ट्याक्सीमा रहेका एक परिवारका ६ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ७० वर्षीया जुनमाया रोकाया, २८ वर्षीया अन्जना रोकाया, वडा नम्बर ७ फिनामका ४१ वर्षीया हरिमाया रोकाया र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको थियो ।
प्रतिक्रिया