सरकारलाई काँग्रेसको चेतावनी- काँग्रेसले बाध्य भएर संसद अवरुद्ध गर्न नपरोस्

नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले सहकारी ठगी प्रकरणमा काँग्रेस पछि नहटेको बताएकी छन् ।

सोमबार संसद भवन परिसरमा बोल्दै उनले यस्तो बताएकी हुन् । आफ्ना मागहरु यथावत राखेर सरकारलाई समय दिएको उनको भनाइ छ । उनले सदनमा आएका धेरै विधेयकहरुलाई असर पर्नेगरी काँग्रेस जस्तो पार्टीले अवरुद्ध गरेर जानु हुँदैन भन्ने भावले मात्रै संसद सुचारु भइरहेको बताइन् ।

सरकारले आफ्ना माग र धारणाहरुमा जवाफदेही नबनेको दिन खरो रुपमा उत्रिने बताइन् । काँग्रेस जस्तो पार्टीले विधेयकलाई नै अलपत्र पारेर सदन महिनौ दिनसम्म संसद अवरुद्ध गर्न नमिल्ने बताइन् । दिएको समयसम्म पनि सरकारले बेवास्ता गरेको खण्डमा बाध्य भएर संसद अवरुद्ध पार्ने जानकारी दिइन् ।

‘हाम्रो मागमा ब्याक भएको भन्न मिल्दैन । हामीले त सरकारलाई केही समय दिएका हौ । हामीले हाम्रो कुराहरु यथावत उठाइराखेका छौं । दैनिक उठाएर सदनमा आएका धेरै विधेयकहरुलाई असर पर्नेगरी काँग्रेस जस्तो पार्टीले अवरुद्ध गरेर जानुहुँदैन । हामीले सरकारलाई दिएको समयमा पनि बेवास्ता गर्यो भने हामीले बाध्य भएर सदन अवरुद्ध गर्नेछौँ । त्यो अवस्था सरकारले नबनोओस् सरकारलाई समय दिएको मात्रै हो । अब पनि संसद अवरुद्ध पार्न बाध्य पारियो भने त्यसको जवाफ सरकार आफैंले दिनुपर्छ’, उनले भनिन् ।

उनले बजेट विगतको परिपाटी भन्दा फरक तरिकाले ल्याइनुपर्ने बताइन् । संघीय बजेट ३ करोड भन्दा कमको बनाउनु नहुने बताउनु भयो । पार्टीका कार्यकर्तालाई भर्ती गर्ने ठाउँमा झैँ टुक्रे बजेट ल्याउनु नहुने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर