मुलुकलाई समृद्ध बनाउनका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्छ : उपप्रधानमन्त्री महासेठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकलाई समृद्ध बनाउनका लागि पर्यटन क्षेत्रको विकास गर्नेतर्फ केन्द्रित हुनु आवश्यक रहेको बताएका छन् ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेस प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री महासेठले पर्यटनको प्रचुर सम्भावना बोकेको नेपालमा हरेक क्षेत्रबाट पर्यटन क्षेत्रको विकासका लागि अग्रसर हुनुपर्नेमा जोड दिए ।

प्राकृतिक सौन्दर्यता, भौगोलिक विविधता, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले समृद्ध प्रदेश मधेस रहेकाले मधेसमा समेत पर्यटनको प्रचुर सम्भावना रहेको उनको भनाई थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर